महेन्द्रनगर : नेपाल निजामती कर्मचारी युनियनले शनिवार २० औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनले आज देशभर नै २० औं स्थापना दिवश विभिन्न कार्यक्रम गर्दै मनाएको हो । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले कार्यसमितिले आज समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा २० औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम आयोजना गर्दै खाद्यान्न सामग्री वितरण गरेको छ । राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता भन्ने मुल नाराका साथ २० औं स्थापना दिवस सम्पन्न गरिएको सचिव ओमकार ओझाले बताए ।

कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता गौराज बहादुर लिम्बुले लोकतन्त्र सवलिकरणका लागि राष्ट्रसेवक निजामती कर्मचारीहरुको महत्वपुर्ण भूमिका हुने बताए । जिल्लामा आयोजित उक्त २० औं स्थापना दिवसलाई सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रेम बहादुर निदालले कर्मचारी एकताको बिषयलाई जोड दिएका छन् । निजामती कर्मचारी युनियनको अधिवेशन नजिकिदै गर्दै यत्र तत्र रहेका कर्मचारी साथीहरुलाई सक्रिय हुनुका साथै आफुहरु माथि विभिन्न समयमा हुने तिगडमबाजी बिरुद्ध एकढिक्का भएर प्रस्तुत हुन अध्यक्ष प्रेम सिंह ऐरले आग्रह गरे ।

बाल अनाथालयमा आयोजना भएको उक्त २० औं स्थापना दिवस कार्यक्रममा सभापतिमा युनियनका अध्यक्ष प्रेम सिंह ऐर, प्रमुख अथितीमा नेपाली कांग्रेसका नेता गौराज बहादुर लिम्बु, विशिष्ट अतिथीमा केन्द्रीय सदस्य प्रेम बहादुर निदाल, अतिथीहरुमा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष पदम राज जोशी, बाल अनाथालयका अध्यक्ष पुर्ण बहादुर चन्द, युनियनका क्षेत्रिय उपाध्यक्ष कमलापति भट्ट, कर्मचारी युनियनका सल्लाहकार गोरख बहादुर सिंह, पुर्व केन्द्रीय सदस्य टेक बहादुर चन्द, क्षेत्रिय सदस्य जनक कुवँर, दार्चुलाका पुर्व अध्यक्ष पुष्कर बहादुर पाल, पुर्व सल्लाहकार बिर बहादुर ऐर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सचिव ओझाले सञ्चालन गरेका थिए भने शुभकामना मन्तव्य सह–सचिव तारा प्रसाद अवस्थीले राखेका थिए ।







