महेन्द्रनगर: युनियन लाइफ इन्स्योरेन्सको महेन्द्रनगर शाखाले आफ्ना अभिकर्ताहरुलाई यहि भाद्र २१ गते बिहान ९ बजे देखि अन्र्तक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्ने भएको छ ।

महेन्द्रनगरको होटल शिद्धार्थमा आयोजना गरिने कार्यक्रममा प्रदेश प्रमुख चन्द्र बोहराको प्रमुख आतिथ्य रहने शाखा प्रमुख रामचन्द्र चौधरीले बताएका छन् । कार्यक्रमा सिनियर एजेन्सी म्यानेजर, एमडिआरटि, इमर्जीङ स्टार, एजेन्सी म्यानेजर लगाएत करिब १०० जना अभिकर्ता उपस्थित हुने छन् ।

कार्यक्रममा सहभागि हुन चाहने पुराना तथा नयाँ इच्छुक जो कोहीले नाम दर्ता गरि कार्यक्रममा सहभागि हुन पाउने शाखा प्रमुख चौधरीले बताए ।







