महेन्द्रनगर : सानिमा लाईफ इन्स्योरेन्सले कागजपत्र दिएको एक दिनमै् मृत्र्यु दाबी भुक्तानी गरेको छ ।
सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले वेदकोट नगरपालिका ०५ का स्व राजेन्द्र डगौराका श्रीमती माया कुमारि चौधरीले भुक्तानी वापतको २० लाख ४५ हजार प्रदान गरेको छ ।


प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती अध्यक्षतामा कार्यक्रम गरी रकम हस्तान्तरण गरेको छ । जीवन बीमाको मेरुदण्ड चाडो मृत्र्युदाबि भुक्तानी भएकोले कम्पनीले छिटो छरितो मृतु दाबि भुक्तानी गर्ने गरेको र बिमित लाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपाल को अग्रिम कम्पनी भएको प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती ले जानकारी गराउनु भयो। महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी वडा सदस्य जय बहादुर बोहरा वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र सिंह बोहरा वरिष्ठ एजेन्सी मेनेजर गोपि सिंह साउद वरिष्ठ एजेन्सी मेनेजर चित्र देब भट्ट , वरिष्ठ एजेन्सी मेनेजर हिक्मत सिंह रावल एजेन्सी मेनेजर धना धामी , लगायतका स्थानीय सहभागी भएका छन् ।


कार्यक्रमको डगौरा प्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारलाई समवेदना समेत प्रदान गरिएको छ । करेन्ट लागेर मृत्यु भएका डगौरा ले २०७७ फाल्गुन मा दस लाखको बीमा गरेको थियो । डगौराले हालसम्म एक किस्ता वापतको ६७ हजरा ९ सय ५४ रुपैया कम्पनीमा जम्मा गरेका थिए । डगौराको २०७८ साउन १८ मा मृत्यु भएको थियो । मृर्तक कि श्रीमति ले श्रीमानको बीमा गराइ दिने सानिमाका एजेन्सी मेनेज लाई भगवानको सङज्ञा दिएकी छिन।







