कञ्चनपुर मण्डी व्यवसायी संघद्वारा वृहत रक्तदान कार्यक्रम


कञ्चनपुर : कञ्चनपुर मण्डी व्यवसायी संघले वृहत्त रक्तदान कार्यक्रम गरेको छ । विहीबार गरेको रक्तदान कार्यक्रममा मण्डी व्यवसायीहरु लगायत युवाहरुले रक्तदान गरेका छन् । कोही पनि व्यक्ति रगतको कमीले मर्नु नपरोस् भनेर आफुहरुले रक्तदान कार्यक्रम आयोजना गरेको मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले बताउनु भयो ।

रक्तदान गर्ने सम्पुर्णलाई धन्यवाद दिदै ‘रक्तदान जिवनदान’ भएकोले सबै उमेर पुगेका निरोगी व्यक्तिले समय समयमा रक्तदान गर्नु पर्ने जसले गर्दा रगतको अभावमा कुनै पनि विरामी घाईतेले जिवन गुमाउनु नपरोस । तिन–तिन महिनामा रगत फेरिएर नयाँ बन्ने प्रक्रिया हुने भएकोले तिन–तिन महिनाको अवधिमा रक्तदान गर्न सकिने प्रमुख अतिथी बस्नेतले बताउनु भयो आफैले पनि अहिले सम्म ६८ पटक रक्तदान गरेको बताउनु भयो ।

No description available.

क्ञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथी जिल्ला रेडक्रस सोसाइटि कञ्चनपुर रक्तसञ्चार सेवा केन्द्रकासदस्य लिलाध्वज बस्नेत रहनु भएको थियो भने विशिष्ट अतिथिमा जेसिजका पूर्व अध्यक्ष पवन चन्द्र लेखक, युवाहरुको आवाजका अध्यक्ष मिलाप थापा, नेपाल रेडक्रस सोसायटीका नरेन्द्र देव जोशी रहनु भएको थियो । कार्यक्रममा कञ्चनपुर मण्डी व्यवसायी संघको आयेजनामा गरिएको उक्त कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी, युवाहरुको समाज र दारी ग्याङको सह– आयोजक रहेका थिए ।


ताजा समाचार

spot_img