अखिल क्रान्तिकारी कृष्णपुरमा संगठन विस्तार, अध्यक्षमा दहित


कृष्णपुर: अखिल क्रान्तिकारी कृष्णपुर नगरपालिकाको अध्यक्षमा सुनिल दहित चयन भएका छन । बिहीबार अखिल क्रान्तिकारी कृष्णपुरको नगर भेलाले दहित नेतृत्वमा नगर कार्य समिति चयन गरेको अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले बताए ।

उनका अनुसार उपाध्यक्ष हेमन्ती भट्ट, विद्या भुकाल, कुलेन परिवार, सचिव ललित भट्ट, सह सचिव रुपेश बोहरा, ज्ञानु सेटी, कृष्ण बोहरा, उज्जल महरा, कोषाध्यक्ष कृतिका राना, सदस्य उपेन्द्र परियार, संगिता देउवा, गंगा चौधरी, गोबिन्द महता, कुसल खडका, सुजल भण्डारी, खेम बुढा, राम धामी, अनिल धामी, मानमती चौधरी रहेको रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका कोषाध्यक्ष सुरेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्टको प्रमुख आथित्य तथा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको सहभागितामा क्रान्तिकारी कृष्णपुर नगरको कमिटि विस्तार भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img