विपदमा महामारी फैलिन नदिन निड्सद्धारा बाढी प्रभावितलाई सरसफाई किट वितरण


महेन्द्रनगर : सामाजिक कार्यमा सक्रिय रहेको निड्स नेपालले कञ्चनपुरका बाढी प्रभावित परिवारलाई सहयोग गरेको छ । केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत बाढी तथा डुबान प्रभावित घरधुरीहरुलाई सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट सहयोग गरिएको हो । निड्सले जिल्लाको पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाका बाढी तथा डुबान पिडीतलाई सरसफाई किट सहयोग जनाएको छ । निड्स नेपालका परियोजना संयोजक केशव मलाशीले विपदको समयमा स्वास्थ्य तथा सरसफाई क्षेत्र पुर्ण रुपमा प्रभावित हुने भएकाले अन्य महामारीको जोखिमलाई नियन्त्रण गर्न पिडीतलाई सहयोग गरिएको बताए ।

No description available.

उनका अनुसार पुर्नवास नगरपालिकाको वडा नम्बर– ५ सिमरीका ६७ बाढी प्रभावित घरधुरी, र वडा नम्बर २ को दशरथ टोलका बाढी प्रभावित १८ परिवारलाई सरसफाईका सामाग्री सहयोग गरिएको छ । त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ मछेली टोल बाढी प्रभावित ६ घरधुरीलाई पनि निड्सले सहयोग गरेको छ । ‘विपदको समयमा विभिन्न रोगको संक्रमण जोखिम रहन्छ ।’ संयोजक मलासीले भने ‘महामारीबाट बच्ने अचुक उपाय पुर्व सतकर्ता र सरसफाई हो, सोही कुरालाई मध्य नजर गदैँ बाढी प्रभावित परिवारलाई सरसफाई किट सहयोग गरिएको हो ।’ वितरण गरिएको सामाग्रीमा हात धुने साबुन ९४ थान०, कटन तौलिया९२ थान०, साबुन दानी९२ थान०,लुगा धुने साबुन९४ थान०, सेनेटिरी कपडा ९५० से।मी। ४ थान०, मास्क, सेनिटाईजर, भित्रि वस्त्र, पानी फिल्टर कपडा, बाल्टिन, मग, झोला लगायतका १७ प्रकारको सरसफाईका सामाग्री रहेका छन् ।

No description available.

 

सरसफाइ तथा स्वच्छता सुविधाको लागि सरसफाई किट वितरण कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जोशी, र्पुनवास नगरपालिकाका नगर प्रमुख जीवनराम थापा, पुर्नवास वडा नं ५ अध्यक्ष विर बहादुर बोगटीको सहभागीता रहेको थियो भने कृष्णपुर नगरपालिका मछेली खोला किनारमा गरिएको किट वितरण कार्यक्रममा कृष्णपुर–२ वडाध्यक्ष जय नारायण जोशी लगायतको उपस्थिती रहेको थियो । नगर प्रमुख थापाले विदपको बेला वितरण गरिएको सरसफाईका सामाग्रीेले रोगव्याधीको संक्रमणको जोखिम नियन्त्रणमा सहयोग पुग्ने बताए । सरसफाई किट पाएपछि बाढी प्रभावित स्थानीय हर्षित भएका छन्


Loading Viewer...

ताजा समाचार

spot_img