अखिल क्रान्तिकारीको पूनर्वास नगरमा संगठन विस्तार, अध्यक्षमा विश्वकर्मा


कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पूनर्वास नगर पालिका स्तरको क्रान्तिकारीको कमिटी विस्तार गरेको छ । बुधबार पूनर्वास नगरपालिका स्तरको अखिल क्रान्तिकारीको संगठन विस्तार भएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले सुरज विश्वकर्मा नेतृत्वमा ३५ सदस्यीय अखिल क्रान्तिकारी पुनर्वास नगर कमिटि विस्तार भएको बताए ।

उपाध्यक्ष धर्मेन्द्र राना, सिताराम आचार्य, अस्मिता विक, सचिव भरत बयाडी, सहसचिव शिव कुमार राना, लक्ष्मण खाती, अशोक विक, कोषाध्यक्ष कमला मल्ल रहेका छन । सदस्यहरु देविगिरी, बिनय कार्की, सुरज राना, महेश राना, विकास सिह(प्रिन्स), राजेश राना, अनिस रिमाल, विष्णू थापा, निरज राना, मनमोहन अधिकारी लगायतका रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी सुप प्रदेशका सहसंयोजक भीम भट्टको प्रमुख आथित्यमा भएको कार्यक्रममा क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, स्थानीय माओवादी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क्रान्तिकारीले कञ्चनपुरका मंगलबारदेखि पालिका स्तरमा संगठन विस्तार गरिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img