किशोर तमाङ्ग/ कञ्चनपुर,

पुनर्वासका बाढी पिडितलाई राहत बितरण गर्ने कार्य निरन्तर रुपमा भैरहेको छ। पुनर्वास नगरपालिका वडा न ५ सिम्रिमा गत भदाै ११ गते दोधा नदीको बहाव बढदा गाउँमा पसेको बाढीका कारण सिमरी गाउँका सबै घर डुबानमा परेको थियो।

बाढीका कारण ८५ घर परिवार बिस्थापित बनेका छन्। उक्त घर परिवारलाई निड्स नेपाल र केयर नेपालले राहत सामाग्री बितरण गरेका छन । बाढी प्रभावित क्षेत्रमा पुगी पिडितलाई साबुन, पानी शुद्ध पार्ने झाेल, ताैलिया, भित्रिबस्त्र, दन्तमन्जन, ब्रस,बाल्टी, जग,मास्क,सेनिटाईजर लगायतका १७ किसिमका राहत सामाग्री सहितकाे हाईजिनिङ झाेला बितरण गरिएकाे थियो। निड्स नेपाल र केयर नेपालको राहत बितरण कार्यक्रम नगरपालिका सँगको सहकार्यमा सम्पन्न भएको थियो।

पुनर्वास नगरपालिकाका प्रमुख जीवन राज थापाको उपस्थितिमा बितरण गरिएकाे उक्त राहत सामाग्री बितरण कार्यक्रममा बाेल्दै नगर प्रमुख थापाले बाढीका कारण पानीकाे श्राेत प्रदुषित हुने भएकाले त्यसकाे प्रयाेग बाट विभिन्न राेगकाे सिकार हुनु पर्ने अवस्था अाउन सक्ने र साे बाट बच्न सकेसम्मा पानी शुद्ध गरेर वा उमालेर मात्र खाना पिडितलाई अाग्रह गर्नु भयाे । सिम्री क्षेत्र बाढीकाे उच्च जाेखिम रहेकाे क्षेत्र हुनाले समयमा सतर्क रहनु पर्ने बताउनु भयाे ।
बाढी पिडितका लागि सहयाेगी मनकारी, सँघ सँस्थाहरुलाई अनुराेध गर्ने र नगरपालिका बाट हुन सक्ने सहयाेग गर्न अाफु तत्पर रहेकाे नगर प्रमुख जीवन राज थापाले बताउनु भयाे । निड्स नेपालका कञ्चनपुर अध्यक्ष अन्जु अाेशीले बिपतका बेला अाफुहरू हातेमालाे गर्न सधैँ तयार रहेकाे बताउनु भयाे । राहत बितरण कार्यक्रमकाे सहजीकरण बसुन्धरा बस्नेतले गर्नु भएकाे थियाे।






