कञ्चनपुर : रिलायबल नेपाल लाईफ इन्स्योरेन्स ली. ले चौथो वर्ष पुरा गरी आज देखि पाँचौ वर्षमा लागेको छ । आफ्नो चौथो वार्षिकोत्सवमा महेन्द्रनगर शाखाले कञ्चनपुर भीनपा–४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान दाल, चामल, तेल, मसाल, नुन, मिठाई, फालफुल लगायत चप्पल हस्तान्तरण गरेको छ ।

सानो समयमा धेरै प्रगति गरेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स ली. देशकै उतकृष्ट चौथो हुन पुगेको छ जसको ३६ लाख बीमितहरु रहेको छन्। बीमा अभिकर्ताहरु १५हजार भन्दा बढी रहेको उक्त इन्स्योरेन्स ली.को देश भरीमा ८२ वटा शाखा रहेका छन भने १२ भन्दा बढी बीमा योजनाहरु रहेका छन् ।

यसरी सानो समयमे धेरै प्रगती गर्न सफल रहेको बिमा कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवमा स–साना भाई बहिनीहरुलाई सानो सहयोग गर्न पाउदा आफुलाई खुशीलागेको शाखा प्रमुख राजेन्द्र भट्टले बताउनु भयो । उक्त हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख भट्ट लगायत एजेन्सी म्यानेजर नरेन्द्र महता, यज्ञ राज पाण्डेय, जनक राज जोशी र पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सचिव राजेन्द्र अवस्थीको उपस्थिती रहेका थियो ।







