राष्ट्रपति टोलमा झै झगडा

झगडा गर्ने दुवै पक्ष प्रहरीमा


कञ्चनपुर: कञ्चनपुरको राष्ट्रपति टोलबाट परिचित टोलमा छिमेकीहरुविच झै झगडा निरन्तर भईरहेको छ । भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित राष्ट्रपति टोलमा दुई छिमेकीविच बारम्बार निरन्तर झै झगडा भईरहेको पाईएको छ ।
बडू र विष्ट परिवारविच समान्य विषयलाई लिएर पटकपटक विवाद मात्र नभई एक आपसम झै झगडा भईरहेको छ । उक्त टोलमा कहिले सिँचाईको कुलो, त कहिले, पशु चौपाया, बालबालिका लगायतको विषयमा निरन्तर झै झगडा हुन थालेपछि छरछिमेकी गाँउले हैरान भएका छन ।

उक्त टोलका अधिकाँस पुरुष सरकारी रोजगारीमा कार्यरत छन । श्रीमान कामका लागि बाहिर हुन्छन, घरमा भएका श्रीमती श्रीमती महिलाविच समान्य विवादले कुटपिट काण्डमा परिणत भईरहेको छ । श्रीमतीहरु एक आपसमा लड्न थालेपछि उनीहरुका श्रीमान हैरान भएका छन । गत शुक्रबार पनि कलावती विष्ट(कार्की) र भागरती बडूविच भएको विवादले एक आपसमा कुटपिट भएको छ । गएको असारमा सिँचाईको कुलोको विषयमा भागरती र कलावतीविच कुटपिट भई प्रहरीमा मिलापत्र भएको थियो ।

भागरथी बडूले आफ्नो गोठ भत्काएको विषयलाई लिएर कलावती विष्टसंग झै झगडा हातहालाहत नै भएको छ । कलावती र भागरथीले एक अर्कालाई दोष देखाईरहेका छन । कलावतीले भागरथीका श्रीमान हरिबडूमाथि गम्भिर आरोप लगाएका छन । महिलाको झगडामा कलावतीका श्रीमान आएर हातपातका साथै यौनदुव्र्यवहार गरेको आरोप लगाएका छन । भने भागरथी बडूले कलावती सहित उनका भाई मनोज कार्कीले आफुमाथि कुटपिट गरेको आरोप लगाएकी छिन । हरि बडूले आफुमाथि लगाएको आरोप निराधार भएको बताए । ‘मैले कलावती माथि हालपात गरेको छैन, ‘उनले भने, ‘मैले मेरी श्रीमती र उनीविच लडाई हुँदा झगडा छुटाएर मेरी श्रीमतीलाई घरभित्र हुलेको हुँ ।’ बडू र विष्ट परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

दुवै परिवारले एक अर्कालाई लान्छाना एव आरोप लगाएर कलह गर्न थालेपछि सरकारी रोजगारीमा रहेका उनीहरुका श्रीमानलाई नैतिक संकटमा पारेका छन । स्थानीय गाँउलेहरुले सानोतिनो विषयमा विवाद गरेर एक अर्कालाई आरोप लगाउनु झै झगडा गर्नुभन्दा मिलेर बस्नुपर्ने सुझाव दिएका छन । झगडा गर्ने समुहका छिमेकी समेत रहेका समाजसेवि डम्मरराज विष्ट(राष्ट्रपति)ले घटना बारे प्रहरीले निष्पक्ष छानबिनमा जोडदिए । कञ्चनपुर प्रहरीले समेत दुवै परिवारविच हुने झगडा देखेर हैरान भएको छ । विगतमा समेत उनीहरुविच लडाई भएको र अहिले पनि लडाई भएपछि अहिलेको झगडा बारे दुवै पक्षसंग सोधपुछ भईरहेको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img