कञ्चनपुर : एक साता अघि नेकपा विप्लव भीमदत्त नगरका नेता कार्यकर्ताहरुले तस्कर समुहबाट ठूलो परिमाणमा काठ बरामद गरि वनमा बुझायो । नेकपा भीमदत्त नगरका सचिव दिपेन्द्र सिह ऐरी नेतृत्वमा गएको विप्लव नेता कार्यकर्ताहरुको टोलीले गत भदौँ ६ गते बरामद गरेको ठूलो परिमाणको चिरानको काठ बारे वनले तस्कर समुहमािथ एक्सन नलिएको दुखेसो पोखेका छन ।

नेकपा भीमदत्त नगरपालिका सचिव दिपेन्द्र सिह ऐरी तस्कर समुह पत्ता लगाउने प्रमाण दिदा समेत वनले एक्सन नदिएको बताए । ‘हामीले काठ बरामद गरे, ‘उनले भने, ‘बरामद गरिएको काठ बारे तस्कर पत्ता लगाउने प्रमाण दिदा समेत वनले काठ तस्करमाथि एक्सन चलाएन ।’ उनले ठूलै काठ तस्करको उक्त काठ भएकाले वनले काठ तस्करमाथि कार्बाही नगरेको उनको आरोप छ ।

सव डिभिजन वन कार्यालय ब्रम्हदेबका इन्चार्ज सहायक वन अधिकृत प्रकास जोशीले बरामद गरिएको काठ बारे अनुसन्धान भईरहेको बताए । ‘हाम्रो मिलोमतो हुँदैन छैन पनि हुने कुरै भएन, ‘उनले भने, ‘काठ बारे अनुसन्धान भईरहेको छ ।’ वनमा कर्मचारी अभावका कारण नियमित गस्ती गर्न नसकेको बताए । काठ तस्करको पहिचानका लागि वनको टोली खटिएको उनले बताए ।







