कञ्चनपुर : जनचेतना युवा क्लबले बेदकोट नगरपालिका भित्रका वडाहरुमा महिनाको दुई दिन सफाई गर्ने कार्यक्रम शुरु गरेको छ । १० वटा वडा रहेको नगरपालिकामा सम्पुर्ण वडा भित्र सफाई अभियान चलाईने छ ।


मेरो नगर, सफा नगर भन्ने नारा बोकेको क्लबले नगर भित्रका सम्पुर्ण वडा सफाई अभियान सञ्चालन गरेको हो । भदौं १२ गते शनिबार बार बाट शुरु गरेको सफाई अभियान कमिटीको निर्णय अनुसार महिनाको दुई शनिबार गर्ने भएको छ । पहिलो दिन बेदकोट नगरपालिका देखि सिसैया कोल्डस्टोर सम्म सफाई गरेको युवा क्लबका अध्यक्ष हेमन्त चटौतले बताए ।


कमिटीको निर्णय अनुसार दुई दिन सफाई गर्न लागेको र त्यसमा बेदकोट नगरपालिका, नगर युवा सञ्झाल, बजार व्यवस्थापन लगायत व्यपारीको पनि उल्लेखनिय उपस्थिती रहेको थियो र आउदा दिनमा पनि सहभागी रहने प्रतिवद्धता रहेको क्लबका अध्यक्ष चटौतले बताए ।








