कञ्चनपुर: दुईतिन दिनदेखि कञ्चनपुरमा समान्य मानिसको शरिर झिजाउने मात्रै पानी परिरहेको छ । अबिरल रुपमा मुसलधारे बर्षा समेत भएको छैन । तर, एक्कासी कञ्चनपुरको पुर्वी गाँउमा रहेको दोदा नदीमा वाढि आएको छ ।
चुरे भएर कञ्चनपुरका चार पालिका कृष्णपुर, लालझाडी, बेलौरी र पूनर्वास नगरपालिका हुदैं भारतमा पुगेर महाकाली नदीमा मिसिने दोदा नदी गाँउ पसेको छ । तीनपालिका लालझाडी, बेलौरी र पूनर्वासका दर्जनौँ बस्तीका सयौँ घर डुवानमा परेका छन । लालझाडी गाँउपालिकामा विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका सयौँ घर डुवानमा परेका छन ।

लालझाडी गाँउपालिका अध्यक्ष मदन सेन बडायकले गाँउपालिकाभरी क्षति पुगेको बताए । उनका अनुसार गाँउपालिका १ देखि ६ नम्बर वडाका हजारौँ घर डुवानमा परेका छन । केही स्थानीयका घरपालुवा जनावर, भौतिक सम्पती समेत बगेर नष्ट भएका छन । बेलौरी नगरपालिका ५ रामनगर क्षेत्रका घरहरु समेत डुवानमा परेका छन । पूनर्वास नगरपालिकामा २ र ५ नम्बर वडामा झण्डै डेढसय घर डुवानमा परेका छन । पूनर्वास नगरपालिका भएर धनगढी जोड्ने हुलाकी सडक समेत अवरोध भएको छ । ‘सिङ्गै नदी गाँउ पसेपछि पूनर्वास–धनगढी सडक समेत अवरोध भएको थियो, ‘लालझाडीका स्थानीय युवा अमर सिह रानाले भने, ‘एक्कासी नदीमा पानीको बहाव बढेसंगै वितण्डा मच्चाएको छ ।’ पहाडमा भारी बर्षा भएका कारण वा अन्य नदीहरु दोदामा मिसिएका कारण वाढि आएको हुनसक्ने स्थानीय बताउँछन । नदी गाँउपसे पनि अहिलेसम्म मानविय क्षतिबाट जोगिएको छ । नदी नै गाँउपसेपछि मानिसको उद्दारका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी जनप्रतिनधी उद्दारमा खटिएका छन ।

डुवान क्षेत्रमा परेका नागरिकको उद्दार कार्य गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । यसैविच एक्कासी दोदा नदी गाँउ पसेपछि कञ्चनपुरको बेलौरी, पूनर्वास र लालझाडी क्षेत्रका सयौँ परिवार डुवानमा परेसंगै प्रतिनिधी सभा सदस्य तथा पुर्वखानेपानी मन्त्री बिना मगरले वाढि प्रभावित क्षेत्रका जनताको उद्दार र राहत कार्य प्रभावकारी बनाउन माग अघि सारेकी छिन । शुक्रबार दोदा नदीले बेलौरी, पूनर्वास र लालझाडी क्षेत्रमा वितण्डा मच्चाएपछि पुर्वमन्त्री मगरले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकषर्ण गराउँदै तत्तकाल उद्दार तथा राहत प्रभावकारी बनाउन विशेष आग्रह गरेकी हुन । पुर्वमन्त्री मगरले कञ्चनपुरको दोदा नदीको आसपासको नदी तटिय क्षेत्र लालझाडी गाँउपालिका र बेलौरी, पूनर्वास नगरपालिकाका केही वडाहरुमा नदीको उच्च बहाव भई बस्तीहरु डुवानमा परेको र समस्या दिर्घकालिन रुपमा हल गर्न समेत सरकारसंग आग्रह गरेकी छिन । अबिरल रुपमा सुदूरपश्चिम प्रदेशका विभिन्न भागहरुमा वाढी पहिरो तथा तराई कैलाली कञ्चनपुरका केही भागहरुका डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेकी छिन । निर्वाचन क्षेत्र १बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य, पुर्व खानेपानीमन्त्रीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा राहत र उद्दार कार्यमा कार्यकर्तालाई खटिन निर्देशन समेत दिनुभएको छ । पुर्वखानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनले वाढि प्रभावित क्षेत्रका जनताको राहतका लागि मगर आफैले पहल गरिरहेको र दिर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिरहेको बताए ।







