डडेल्धुरा : अस्थाई करार कर्मचारी हकहित संरक्षण समिति सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लोकेन्द्र भट्ट चयन भएका छन । शुक्रबार डडेलधुरामा सम्पन्न भएको स्थानीय तह अस्थाई करार कर्मचारी हकहित संरक्षण समितिको प्रदेश भेलाले भट्टको संयोजकत्वमा १७ सदस्यीय प्रदेश कमिटि विस्तार गरेको हो ।

प्रदेश समिती सदस्य तथा दोधारा चादनी नगरपालिकाका कर्मचारी खगेन्द्र धानुकले प्रदेश तदर्थ कमिटि विस्तार भएको बताए । डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्ट्ले अस्थायी करार कर्मचारीले देशको विषम परिस्थिीमा देश र जनताको सेवा गरेको तर राज्यले उहाँहरुको उचित सेवाको कदर गर्न नसकेकोले हाल अस्थायी तथा करार कर्मचारीले उठान गरेका माग जायज भएकोले मैले आफ्नो तहबाट प्रदेश र सघं सरकारसग पहल गर्न कटिबद्ध रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाली काग्रेसका प्रदेश प्रमुख सचेतक गोबिन्द बोहराले स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुको पक्षमा बोल्दै लामो समयदेखी अस्थायी तथा करार कर्मचारीहरुको समस्या समाधान गर्ने बताए ।







