वाईसीएल नेपालको राष्ट्रिय भेला भर्चुअल माध्यबाट हुदैं


कञ्चनपुर : उत्पादन स्वरोजगार आत्मनिर्भरताका लागि समाजवादको बाटो मा अघि बढौं । सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाईसीएल नेपालको राष्ट्रिय भेला सफल पारौं । भन्ने मुल नाराका साथ वाईसिएल नेपालले भदौं १२ र १३ गते राष्ट्रिय भेला गर्न गईरहेको छ ।

सुदूरपश्चिम प्रदेश र केन्द्रबाट भर्चुअल हाईटेक प्रविधि बाट गर्ने लागेको हो । कोभिड–१९को महामारीलाई मध्यनजर गर्दे, वाइसीएल नेपालले राष्ट्रिय भेला भर्चुअल माध्यमबाट देशभरिका ८ स्थानबाट संचालन गर्न गईरहेको छ ।
यसभेलाले राजनीतिक, वैचारिक र संगठनात्मक र्ढगले कोशेढुङ्गा हुने विश्वास लिएको छ ।

आज विहान ११ बजे सुदूरपश्चिम प्रदेश कैलालीको जनपुस्तकालयको हलमा उद्यघाटन गरिने वाइसीएल नेपालका सुदूरपश्चिम प्रचारप्रसार विभाग प्रमुख दिपकराज भट्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img