पुर्व खानेपानी मन्त्री मगरले गरिन, ‘तत्काल उद्दार र राहत कार्य प्रभावकारी बनाउन तीनै सरकारसंग विशेष माग

कञ्चनपुर : एक्कासी दोदा नदी गाँउ पसेपछि कञ्चनपुरको बेलौरी, पूनर्वास र लालझाडी क्षेत्रका सयौँ परिवार डुवानमा परेसंगै प्रतिनिधी सभा सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरले बाँढि प्रभावित क्षेत्रका जनताको उद्दार र राहत कार्य प्रभावकारी बनाउन माग अघि सारेकी छिन । शुक्रबार दोदा नदीले बेलौरी, पूनर्वास र लालझाडी क्षेत्रमा वितण्डा मच्चाएपछि पुर्वमन्त्री मगरले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकषर्ण गराउँदै तत्काल उद्दार तथा राहत प्रभावकारी बनाउन विशेष आग्रह गरेकी हुन ।

मन्त्री मगरले कञ्चनपुरको दोदा नदीको आसपासको नदी तटिय क्षेत्र लालझाँडी गाँउपालिका र बेलौरी, पूनर्वास नगरपालिकाका केही वडाहरुमा नदीको उच्च बहाव भई बस्तीहरु डुवानमा परेको र समस्या दिर्घकालिन रुपमा हल गर्न समेत सरकारसंग आग्रह गरेकी छिन । अबिरल रुपमा परेको पानीले सुदूरपश्चिम प्रदेशका विभिन्न भागहरुमा बाढी पहिरो गईरहेकोे छ भने तराईका कैलाली कञ्चनपुरका केही भागहरुमा डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेकी छिन ।

निर्वाचन क्षेत्र १बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य, पुर्व खानेपानी मन्त्रीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा राहत र उद्दार कार्यमा कार्यकर्तालाई खटिन निर्देशन समेत दिनुभएको छ । पुर्वखानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनले वाढि प्रभावित क्षेत्रका जनताको राहतका लागि मगर आफैले पहल गरिरहेको र दिर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

ताजा समाचार

spot_img