कञ्चनपुर: कञ्चनपुर प्रहरीले पछिल्ला दिनहरुमा समाजको दुस्मन किशोर युवा पुस्ताको भविष्य अन्धकार बनाउने लागु औषध नियन्त्रण तथा रोकथामका उच्च सकृयता देखिएको छ । प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्वेदीले कञ्चनपुर प्रमुख प्रमुखको जिम्मेबारी सम्हालेदेखि लागु औषधका तस्कर तह लगाउँनेदेखि जिल्लालाई लागु औषधमुक्त गराउने अभियान थालेका छन । प्रहरीको यो अभियानलाई आम नागरिकले सकारात्मक राम्रो भएको प्रतिकृया दिईरहेका बेला फेरी प्रहरीले दुई तस्कर सहित लागु औषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बसभित्र राखेको अवस्थामा लागु औषध र तस्कर पक्राउ गरिएको बताए । प्रवक्ता न्यौपानेका अनुसार महेन्द्रनगर विद्युत कार्यालय अगाडी राखिएको ंना४ ख ८२०५ नम्बरको बसको सिटभित्र लुकाएको ५.०८ लागु औषध (खैरो हेरोईन) सहित भीमदत्त नगरपालिका ५ बस्ने ३३ बर्षिया सुरेन्द्र राज भट्ट, २८ बर्षिया प्रकास औजीको साथबाट खैरो हेरोईन सहित २ थान मोबाईल, ४१ ह्जार ७०रुपैया नगद सहित बस नियन्त्रणमा लिएको बताए । उक्त लागु औषधबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







