रत्न कृषि बहुउद्देशीय सहकारी संस्था उद्घाटन


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाँउमा रत्न कृषि बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्तमका विच महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले सहकारी उद्घाटन गर्दै जनताको हितमा काम गर्न सुझाव दिनुभयो । रत्न कृषि बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकले कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण गर्दै ग्रामिण भेगका किसानको उत्थानका लागि सहकारी डो¥याउने बताए ।

बस्तु तथा सेवाको उत्पादनबाट आत्मनिर्भर बन्न र आर्थिक विकास गर्न सकिने भएकाले सहकारी मार्फत किसानका समस्या सम्बोधन गरिने बताए । सहकारी उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिल बहादुर विष्ट, देविदल गणका प्रमुख शुनिल मल्ल, भीमदत्त नगर कृषि शाखा प्रमुख कृष्णदत्त पाण्डेय, भीमदत्त नगरका प्रमुख हिमाल चन्द, पुर्व एआईजी दिपेन्द्र सिह विष्ट, पूर्व डिएफओ रमेश चन्द, मध्यवर्ती विकास कार्यक्तम अधिकृत कर्ण बहादुर कुँवर, पूर्व शिक्षक जनक प्रशाद जोशी लगायत सहकारीकर्मी, जनप्रतिनिधी विभिन्न सरकारी कार्यालयका पदाधिकारी, सहकारीकर्मी, लगायत स्थानीयको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img