दोधारा : दोधारा चाँदनीमा बिद्याथीहरुलाई कोरोना बिरद्धको खोप लागउने कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालित क्याम्पसमा अध्यनरत सबै बिद्यार्थीहरु तथा बिद्यालयमा अध्यनरत कक्षा १२ को आंशिक तथा नियमित अन्तीम परिक्षाको प्रतिक्षामा रहेका बिद्याथीहरुलाई आज देखि कोरोना बिरुद्धको कोभिशिल्ड (एस्ट्राजेनेका) खोपको पहिलो लगाईन थालिएको छ् । दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र आज देखि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको कोभिशिल्ड (एस्ट्राजेनेका) खोपको पहिलो डोज दिईन लागेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका संस्थागत बिद्यालयहरु भानु उच्च माबि, अम्बिका माबि, शारदा सरस्वती माबि, लक्ष्मी माबि र निजी श्रोतका युनिक सनराईज ईंगलिस स्कुल र नोवेल बोर्डिङ्ग स्कुलका झण्डै ४ सय ९० कक्षा १२ का परिक्षार्थीहरुले कोरोना बिरुद्धको कोभिशिल्ड (एस्ट्राजेनेका) खोपको पहिलो डोज दिईन लागिएको नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको छ् । बिद्यालयहरुले सबै बिद्यार्थीहरुलाई खोप केन्द्रमा जादा प्रवेश पत्र तथा अन्य परिचय खुल्ने प्रमाण लग्न समेत भनेको छ् । यस्तै कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएको र दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई पनि खोपको ब्यवस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको
छ् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा जय देब भट्टका अनुसार नगरपालिकामा संचालित क्याम्पसमा अध्यनरत सबै बिद्यार्थीहरु तथा बिद्यालयमा अध्यनरत कक्षा १२ को आंशिक तथा नियमित अन्तीम परिक्षाको प्रतिक्षामा रहेका कोरोना बिरुद्धको खोप लगाईने आज पहिलो दिन झण्डै २ सय १५ जना बिद्याथीहरुलाई खोप लगाएको बताए । जसमा कोभिशिल्डको पहिलो डोज लगाएकाहरुका र दोस्रो डोज दिन बाँकी रहेका १२ जनालाई समेत खोप लगाईएको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा जय देब भट्टले बताएका छन् ।







