बाह्रदेव ज्यावन सेवा समाजद्वारा मृगौला पिडितलाई ३ लाख ६० हजार सहयोग


कञ्चपुर : बाह्रदेव ज्यावन सेवा समाजले कञ्चपुरकी एक मृगौला पिडित बालिकालाई आर्थिक सहयोग गरेको छ । एक महिना देखि सविना धामी बचाउ अभियान संचालन गरी पिडित बालिकाको उपचारको लागि रकम संकलन गरेको हो । बाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुरले भीमदत्त नगरपालिका–३ तिलकपुरकी १३ वर्षिय सविना धामीको उपचारको लागि ३ लाख ५९ हजार ३ सय ८३ रुपैया हस्तान्तरण गरेका छन् । उक्त रकम बाह्रदेव ज्यावन सेवा समाजको अध्यक्ष गोपाल सिह धामीले पिडित सविना धामीको ठुलो आमा रक्षा धामीलाई हस्तान्तरण गर्नु भएको हो ।

बाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुरले आफु मातहत रहेका कमिटी मार्फत रकम संकलन गरेको समाजका अध्यक्ष धामीले बताए । अध्यक्ष धामीको अनुसार बाह्रदेव बेनपा–७ गौजीको टीमले रु.२८ हजार ८ सय ४१, बाह्रदेव कृष्णपुर ७÷८ कलुवापुरको टिमले रु. ७ हजार, बाह्रदेव तिलाचौरको टिमले रु १ लाख २३ हजार ९ सय ३२, बाह्रदेव हल्दुखाल ७ को टिमले रु. ४४ हजार १ सय ७१, बाह्रदेव कृष्णपुर दोमिल्लाको टिमले रु. ७ हजार ८ सय ३५, बाह्रदेव ज्यावन समाज कञ्चनपुरले रु २५ हजार त्यसैगरी वैजनाथ मावि. नयाँ तिलकपुरले रु. १६ हजार, महेन्द्रनगर खाने पानी उपभोक्ता तथा सरसफाई संस्था तिलाचौड रु १० हजार थिएका थिए भने व्यक्तिगत तर्फ तिलकपुरका समाज सेवी गगन धामीले ६५ हजार ५ सय ४९, रामदत्त जोशी रु. ४ हजार, र अन्य व्यक्तिहरु बाट २७ हजार ५५ सहयोग गर्नु भएको थियो ।

पिडित बालिका विरामी भएकै दिनका राति बाह्रदेव तिलकपुरको टिमले ८५ हजार यस भन्दा अगाडि पनि सहयोग गरेको अध्यक्ष धामीले बताए । हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष गोपाल सिह धामीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था तिलाचौरका अध्यक्ष मानसिह बोहरा रहनु भएको थियो ।


ताजा समाचार

spot_img