काँग्रेसले शिक्षक संघलाई हतियार बनाएर नगरपालिकामा हिन्सात्मक तोडफोड : एमाले निकट युवा–विद्यार्थी


कञ्चनपुर : नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले सत्ताधारी पार्टी नेपाली काँग्रेसले निकट शिक्षक संघलाई हतियार बनाएर नगरपालिकामा हिन्सात्मक तोडफोड गरेको जनाएको छ । शिक्षक संघ दरबन्दी मिलान बिरुद्धमा विगत ३५दिनदेखि नगरपालिका बिरुद्धमा आन्दोलनमा उत्रिएको विषयलाई अनेरास्ववियू र राष्ट्रिय युवा संघले काँग्रेस निकट शिक्षक संघले नगरपालिका कार्यालय गरेको तोडफोड, सुरक्षाकर्मी, कर्मचारीमाथि आक्र्रमणको घोर निन्दा गरेको छ । शिक्षक जस्तो सरकार पेशमा रहेका शिक्षले व्यक्तिगत तथा पार्टीगत प्रतिशोधमा उत्रिएर गरिरहेको आन्दोलन भत्र्सनायोग्य रहेको जनाएको छ ।

काँग्रेसी शिक्षकहरुले व्यक्तिगत स्वार्थका लागि निरन्तर आन्दोलन गरिरहेको अनेरास्ववियू र युवा संघको ठहर छ । शिक्षक संघले आफ्नो मातृपार्टी काँग्रेस र भातृ संघ संगठनलाई परिचालन गरेर राजनीतिक अभिष्ट पुरा गर्न शिक्षक संघ उद्यत भएको दावि गरिएको छ । राष्ट्रिय युवा सघका कञ्चनपुरका अध्यक्ष केशव चन्द र अनेरास्ववियूका जिल्ला संयोजक कमल रोकायाले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा घाईते सुरक्षाकर्मी र कर्मचारीको उपचारका साथै हिन्सात्मक आन्दोलनमा होमिनेमाथि कार्बाहीको माग अघि सारेको छ । अराजनीतिक गतिबिधी, हिन्सात्मक गतिबिधी बन्द गरेर नियमित पठन पाठनमा फर्किन समेत शिक्षक संघ र विद्यार्थी संगठनको सुझाव छ । सत्ताधारी पार्टी निकट भएर पनि अराजक गतिबिधी नरोके त्यस बिरुद्ध कडा प्रतिकारको चेतावनी दिईएको छ ।


ताजा समाचार

spot_img