दोधारा चाँदनीमा प्रवेश पत्रको आधारमा बिद्यार्थीलाई खोप लगाईने


दोधारा : सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ् । दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र भोली देखि बिद्यार्थीहरुलाई कोभिशिल्डको पहिलो डोज दिईन लागेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका संस्थागत बिद्यालयहरु भानु उच्च माबि, अम्बिका माबि, शारदा सरस्वती माबि, लक्ष्मी माबि र निजी श्रोतका युनिक सनराईज ईंगलिस स्कुल र नोवेल बोर्डिङ्ग स्कुलका झण्डै ४ सय ९० कक्षा १२ का परिक्षार्थीहरुले कोरोना बिरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज दिईने भएको नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको छ् । बिद्यालयहरुले सबै परिक्षार्थीहरुलाई खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन समेत अनुरोध गरेको छ् ।


ताजा समाचार

spot_img