दुवै मृगौला खराब भएका ठगुन्नाको जिवन रक्षार्थका लागि गाँउले जुटे


पुष्कर भट्ट/ कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १३ पिपरैयाका युवा जय बहादुर ठगुन्नाको दुवै मृगौलामा खराबी आएपछि उनको उपचारका लागि समस्या भएको छ । आर्थिक रुपमा पन्न भएको ठगुन्नाको उपचारका लागि स्थानीय गाँउले जुटेका छन । स्थानीय एव पत्रकार समेत रहेका पुष्कर भट्टले आर्थिक रुपमा विपन्न वडाबासी होनहार युवाको जिवन रक्षार्थका लागि गाँउले एकजुट भएर आर्थिक संकलनमा जुटेको बताए ।

‘लामो समयदेखि बिरामी रहेका जय बहादुरको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ, ‘जय बहादुर का दुवै मृगौला काम नलाग्ने भएका छन, घरको आर्थिक अवस्था अन्त्यन्तै कमजोर भएकाले गाँउले मिलेर आर्थिक सहयोग अभियानमा जुटेका छन ।’ स्थानीय युवा भोजराज ठगुन्नाको संयोजकत्वमा आर्थिक सहयोगी अभियानमा जुटेका छन । बुधबार संयोजक ठगुन्ना सहित सदस्य महेश भट्ट, हरिष साउद, राम बहादुर बोहरा(आकास), दिपक बुढा, पुष्कर भट्ट, प्रकास थापा, खडक बोहरा, किशन नाथ सहितका स्थानीय मिलेर गाँउमा रकम सकलनमा जुटेका छन ।

मृगौला पीडित जय बहादुर ठगुन्नाको जीवन रक्षार्थ आर्थिक सहयोग संकलन अभियानका सदस्य एव गाँउका समाजसेवि युवा महेश भट्टले आर्थिक अभाव भएका ठगुन्नाको जिवन रक्षाका लागि स्थानीय नागरिक अग्रसर भएको बताए । उनका अनुसार श्रीमतीकै मृगौला दिएरै भएपनि प्रत्यारोपण गर्नुपर्ने बताए । मृगौला पीडित जय बहादुर ठगुन्नाको जीवन रक्षार्थ आर्थिक सहयोग संकलन अभियानका संयोजक भोज ठगुन्नाले विपन्न नागरिक आर्थिक अभावमा जिवन मृत्युको मुखमा पुगेकाले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईबाट आर्थिक सहयोग सकलन गरेर उपचार गरिने बताए ।


ताजा समाचार

spot_img