कञ्चनपुर: दार्चुला तुईन काण्डमा महाकाली नदीमा भारतीय एसएसबीले बेपत्ता पारेका नेपाली नागरिक जयसिह धामीको स्मृतिमा दि प्रज्वलन गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरमा तुईन तर्ने क्रममा एसएसबीले वेपत्ता पारेपछि उनको शव दुई सातासम्ममा समेत भेटिएको छैन ।

जयसिह धामीकै न्यायाका लागि गत शनिबारदेखि हस्ताक्षर अभियान सुंकलनमा जुटेको मौलिक जरोकिलोले बिहीबार साँझ दिप प्रज्वलन गरेको हो । मौलिक जरोकिलो पार्टी सुप प्रदेशका संयोजक खिमानन्द जोशीले भारतीय सीमा सुरक्षा बल(एसएसबी)बाट नेपाली नागरिकको अमानविय ढङगबाट हत्या गरिएको बिरोधमा पार्टीले सरकारको ध्यानाकर्षण गराउनुका साथै धामी परिवारको न्यायका लागि हस्ताक्षर संकलनका साथै दिप प्रज्वलन गरिएको छ ।

मौलिक जरोकिलो पार्टीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही, धामी परिवारलाई क्षतिपूर्ति राहत दिनुपर्ने, भावि दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धीतलाई सचेत गराउनुका साथै नेपाल टु नेपाल सडक निर्माण कार्य यथाशिघ्र अघि बढाउनुपर्नेमा जोडदिदै आएको छ ।







