मनोज राज भट्ट/ महेन्द्रनगर
सुदुरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । बुधबार बदेकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले बेदकोट नगरपालिका–४ बैतडास्थीत नवनिर्मित सहकारीको भवनको उद्धघाटनगरेसंगै सहकारीले आफ्नै भवनबाट सेवा दिने भएको हो ।
सहकारीका अध्यक्ष नरेन्द्र बहादुर चन्दको सभापतित्व एवं मेयर असोक कुमार चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समद्धघाटन कार्यक्रममा सहकारीका शेयर सदस्य, पदाधीकारी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मेयर चन्दले सहरकारी संस्थालाई उन्नतीको बाटोमा लागिरहोस भन्दै शुभकामना व्यक्त गरेका थिए । सस्थाले एक बर्ष नपुग्दै आफ्नै भवनको निर्माण गरेको छ ।







