भीमदत्त नगरपालिकाले ५५ प्रतिशतसम्म घटायो सरसफाई शुल्क


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरसफाई शुल्क ह्वातै घटाएको छ । नगरपालिकाले गत आर्थिक वर्षसम्म लिईदैँ आएको सरसफाई शुल्क चालु आर्थिक वर्षबाट घटाएको हो । नगरपालिकाले ब्रह्मदेव–गड्डाचौकी क्षेत्रमा वर्षीक दुई हजार छ सय ४० रुपयाँ (मासिक २२०) शुल्क लिदैँ आएकोमा चालु आर्थिकमा घटाएर १२ सय मा पु¥याएको छ । जुन झन्डै ५५ पतिशतले कम हो ।

त्यस्तै महेन्द्रनगर बजारको ३ किलोमिटर सम्म आवसिय क्षेत्रमा पनि प्रतिघरबाट वर्षीक दुई हजार छ सय ४० रुपयाँ शुल्क लिईदैँ आएको चालु आर्थिक वर्षमा भने १५ सयमा मात्रै सिमित राखिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवत्ता हिमाल चन्दले सबैलाई सरसफाईमा समेट्न शुल्क घटाईएको बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाले सरसफाई शुल्कबाफत घरहरुबाट दैनिक रुपमा फोहोर संकलन गरि व्यवस्थापन गदैँ आएको छ । नगरपालिकाले दायरालाई फराकिलो बनाउदैँ प्रगतिशिल कर नीति अवलम्बन गरेको उहाँको भनाई छ । नगरपालिकाले गत आर्थिक वर्षमा करिब २३ करोड आन्तरिक राजस्व संकलन गरेको छ ।


ताजा समाचार

spot_img