खल्लामछेट्टीका पुर्व शिक्षक बोहराको हत्याकाण्ड आदालतको आदेश : दुई धरौटीमा रिहा, तीन जना जेल चलान


कञ्चनपुर: गत असार तेस्रो साता छिमेकी प्रकास पाल सहितको आक्र्रमणमा परि मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको हत्याप्रकरणमा पक्राउ परेका पाँच जना मध्ये दुई जना धरौटीमा रिहा भएका भने तीन जना जेल चलान भएका छन । भीमदत्त स्मृतिका पुर्व शिक्षक बोहरालाई २० असारमा छिमेकी प्रकास पाल समुहले आफ्नै मदिरा पसलमा कुटपिट गरेका थिए । कुटपिटबाट घाईते पालको दोस्रा दिन बिहान मृत्यु भएको थियो । मृतक बोहरा परिवारले प्रकास पाल सहित उनका बाबु हंस पाल, आमा मधु भनिने रुक्मा पाल, गोमती पाल(खडका), लाल बहादुर बोहरा बिरुद्धमा कर्तज्य ज्यान अन्र्तरगत किटानी दिएको थियो । मृतक बोहरा परिवारको किटानीका आधारमा प्रहरीले प्रकास पाल सहित पाँचै जना बिरुद्धमा ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

घटनाको झण्डै एक महिनामै आदालत पुगेको उक्त मुद्दामा पाँच जना मध्ये दुई जना धरौटीमा रिहा भएका छन । भने तीन जना पुरपक्षका लागि जेल चलान भएका छन । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार जयन्ती अवस्थी(भट्ट)ले १२ साउनमा जिल्ला आदालतमा मुद्दा दर्ता भएर १९ साउनमा थुनछेक बहस भएको बताईन् । कञ्चनपुर जिल्ला आदालतका न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले प्रकास पाल, मधु भनिने रुक्मा पाल र लाल बहादुर बोहरालाई पुरपक्षका लागि कारागार पठाउने आदेश दिएको श्रेष्तेदार अवस्थीले बताईन । श्रेस्तेदार अवस्थीका लागि हंस पालले २ लाख ५० हजार र गोमती पालले ५० हजार धरौटी तिरेर रिहा भएका छन । पीडित पक्षले मुलुकी फौजदारी संहिता ०७४ को १७७(१)को उपदफा (२) बमोजिम सजायको माग दावि गरेको थियो । गत साउनमा गाँउमा कुटपिट गरेर पाल समुहले गरिब जनताको हत्या गर्दा समेत राजनीतिक चलखेल गरेर बचाउन खोजिएको भन्दै स्थानीयल आन्दोलन गरेका थिए ।

भने धरौटी तिरेर रिहा भएर घर गएका प्रकास पालका बाबुले शनिबार पसल खोल्दा मृतक बोहराकी आमा मानमती देवी बोहरा सहितका स्थानीयले आदालतबाट मुद्दाको टुङ्गो नलाग्दै फेरी मदिरा पसल खोलेर कुनै गरिब जनताको हत्या गर्न खोजिएको भन्दै पसल घेराउ गर्दै बिरोधमा उत्रिएका थिए । मृतका भाई केशव बोहराले आदालतले धारौटीमा रिहा गरेका हंसराजले गाँयमा आएर पसल खोल्दै पुन घटना घटाउन सक्ने भन्दै पीडित पक्षको काचो घाउमा मलम छर्किने काम भएकाले बिरोध गरिएको बताए । ‘हामी आदालतको पुर्ण सम्मान गछौँ, ‘उनले भने, ‘अहिले आदालतले हंसराजलाई सफाई दिएकै छैन, आदेशमा र धरौटीमा हिरा भएका थिए, मुद्दा किनारा लागेकै छन, दाईको हत्या भएको डेढ महिनापनि पुरा भएको छैन, अहिले नै आएर गाँउमा अवैध मदिरा पसल खोलेर जनतामाथि दमन गर्ने खाजियो ।’

स्थानीय एव गाँउका अगुवा किशन खडकाले गणेशको हत्याले गाँउमा संन्नटा छाएका बेला पीडक पक्षले धरौटीमा रिहा भएको भन्दै एक्कासी आएर पुन पसल संचालन गरेको कामबाट मृतक, छरछिमेक एव गाँउले आक्र्रोसित भएको बताए । जनता गणेशको हत्यापछि पाल परिवारप्रति आक्र्रोसित छन, ‘उनले भने, ‘विगतमा पालले घाँउ खुवाउनेदेखि क्षतिपूर्ति तिराएको रिसिईबी मेटिएको छैन ।’ खल्लामछेट्टीमा पुर्व शिक्षक बोहराको हत्याकाण्डले गाँउका नागरिक अझै त्रसित र आक्र्रोसित भएका छन । दोषिलाई उन्मुक्ति दिने षड्यन्त्र भए फेरी आन्दोलनको चेतावनी दिईरहेका छन । केही दलका शिर्ष नेता सार्वजनिक पद धारणा गरेका व्यक्तिले दोषिलाई बचाउने र पीडितलाई अन्यायमा पारेको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img