नेशनल लाईफ द्वारा मृत्यु बीमा दाबि रकम भुक्तानी


महेन्द्रनगर: नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाद्वारा रु. एघार लाख अठ्ठाईस हजार  मृत्यु बिमा दाबि भुक्तानीकाे रकम शाखा कार्यालय महेन्द्रनगरमा एक कार्यक्रमका बिच भिमदत्त नगरपालिका १८ निम्बुखेडा बस्ने मृतक खेम बहादुर लामाकाे पत्नि सीता रानालाई हस्तान्तरण गरिएकाे छ। लामाकाे २०७८ बैशाखमा काेराेनाका कारणले मृत्युु भएको थियाे। उहाले १० लाखकाे बिमा गर्नु भएको थियाे।

साे बीमा बाफत मृतक लामाले २ किस्ता प्रमियम कम्पनीमा जम्मा गर्नु भएको थियाे।मुत्य दाबि बाफतकाे रकमबाट बिमालेख बाफत कम्पनिबाट लिएकाे ऋण रकम घटाएर बाकि रकम रु. नाै लाख तीस हजार सात सय सैतिसकाे चेक मृतक लामाकाे पत्नि राना लाई नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी एजेन्सि कार्यालय मझगाउका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द बिमा अभिकर्ता भक्त बहादुर बुढा लगाएतकाे उपस्थित रहेकाे थियाे। नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालकै पहिलो र अग्रणी जिवन बिमा कम्पनि हाे।


ताजा समाचार

spot_img