धिरेन्द्र सिंह धामी/कञ्चनपुर शुक्रबार कञ्चनपुरमा माईतिल नेपालले अन्तराष्टिय मानव वेचविखन विरुदको दिवस २०२१ मनायको छ । माइति नेपाल कञ्चनपुरले हाम्रो आवाज मानव बेचविखनवाट मुक्त समाज भन्ने मुल नाराका साथ जनचेतनामुलक सन्देस दिने कार्यक्रम गरेर उक्त आठौ अन्तराष्टिय मानव बेचबिखन विरुद्दको दिवस मनाएको हो । माइति नेपाल कञ्चनपुरले पछिल्लो चरणमा लकडाउनको समयमा नाकाहरु बन्द भएपनि अवैध नाकाहरु मार्फत मानव बेचविखन भैरहेको जनाएको छ ।

लकडाउनको समयमै विभिन्न चरणमा भारत पुगेका तिन जना नेपालि चेलिहरुको उद्दार समेत गरीएको माईति नेपाल कञ्चनपुरल जनाएको छ । माइति नेपाल कञ्चनपुरमा कार्यरत महेश्वरी भट्टले आफुहरुले दैनिक जसो एक दूइ जनाको नाकाबाट उद्दार गरीरहेको बताउनु भएको छ । विशेष गरेर बालबालिका र महिलाहरु बेचबिखनमा परेको भन्दै यसको रोकथामको लागी नागरीक स्वयम सचेत हुनुपर्ने समेत उहाले बताउनु भएको छ । लकडाउनको समयमा यस्ता अपराधिक क्रियाकलाप घट्नुको सट्टा झन झन बड्नुले झन बडि समस्या निम्त्याउने समेत देखाउछ । यता नाकामा दैनिक जसो उद्दार भैरहनेको सँख्या बडेपनि यसले सुरक्षा संयन्त्रलाई सुरक्षाको संबेदनशीलता र चुनौति थपेको छ ।







