धिरेन्द्र सिंह धामी / कञ्चनपुर
सुदुर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि त्रिलोचन भट्टले कञ्चनपुरको बेलौरी कलुवापुर सडक खण्डको अनुगमन गर्नु भएको छ । डिभिजन सडक कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट आर्थिक वर्ष २०७३ ०७४ मा ठेक्का समझौता भएको उक्त सडक निर्माणधिन अबश्थामा रहेको छ । कलुवापुर बजारको तिन किलोमिटर दक्षिणबाट १४ किलोमिटर चानदेव वजार सम्मको पहिलो प्याकेजको आठ करोड तिन लाख मा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तिय प्रगति भएको छ । पहिलो प्याकेजको १० किलोमिटर मध्ये ८ किलोमिटर कालो पत्रे भएको छ भने २ किलोमिटर शुक्लाफाटा राष्टिय निकुञ्जको क्षेत्र भित्र पर्ने भएकाले त्यहा सडक कालोपत्रेको काम रोकिएको छ ।

पहिलो प्याकेजको दुई किलोमिटर र दोस्रो ३ किलोमिटर गरी जम्मा ५ किलोमिटर कालो पत्रे रोकिएको उक्त सडकको अनुगमन गर्दै मख्य मन्त्रि भट्टले राष्टिय निकुञ्ज क्षेत्रमा सडकमा निर्माण कार्य रोकिनुको कारण पत्ता लगाइ यसको समाधान तर्फ लाग्ने बताउनु भएको छ । नेपाल सरकारले ठेक्का लगाएका र काम सञ्चालन प्रकृयामा गएका सडकहरुको काम सम्पन्न नहुने समस्या रहेको भन्दै यस्ता समस्या सामाधान गर्न प्रदेश सरकार लागेको समेत उहाले बताउनुभएको छ । पछिल्लो समय प्रदेश सरकारको लगानी जनतालाई रोजगारीसँग जोड्ने क्षेत्रमा रहेकोले यस्ता पुर्वाधार निर्माणमा लाई सफलता पुर्वक सञ्चालन एवम् समया अवधि भित्रै सम्पन्न होस भन्ने हेतुले मुख्यमन्त्रि भट्टले अनुगमन गर्नु भएको हो । मुख्यमन्त्रि भट्टले कञ्चनपुर जिल्लामा सडक पुर्वाधार विध्यालय र माछा पोखरीको अनुगमन गरी छिटै निमार्ण कार्य सम्पन्न गरी जनतालाई स्वरोजगारी सँग जोड्न निर्देशन पनि दिनु भएको छ ।







