कञ्चनपुर: पहिलो पटक संसद विघटनसंगै वनमन्त्री बनेका सुदूरपश्चिम डोटीका एमाले नेता एव संसद प्रेम बहादुर आलेले ओली क्याम्पस छाड्दै गुट परिर्वतन गरेका छन । गत पुषमा आलेलाई एमाले अध्यक्ष समेत रहेका निर्वतमान प्रधानमन्त्री केपी ओलीले वनमन्त्री बनाएसगै स्वयम ओली गुटभित्रै वन तस्करलाई वनमन्त्री बनाएको भन्दै विरोध भएको थियो, तर ओलीले उनलाई मन्त्री बनाएसंगै देशभरीका कार्यक्रममा आलेले ओलीको गुणगान मात्रै होईन अथक चाकडी गरे ।

उनका अधिकाँस भाषणमा ओली बा मात्र होईन भाग्य चम्काउने देउता जस्तै गुणगान गाउनमै रहे । गत फागुनमै पनि कञ्चनपुरका दुई कार्यक्रममा सहभागि एक भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा महोत्सव र दुई छेला दैजी औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्तममा आलेले म मगरको छोरालाई केपी ओलीले दया देखाएर वन्त्री बनाएको भन्दै झुईमा खुट्टा नै नराखेका आले अन्तत ओलीलाई छाड्नै माधव कुमार क्याम्पसमा खेलको हाईजम्प स्टाईमा प्रवेस गरेका छन । उनको विगतमा मन्त्री दिदा ओलीको चाकडी गर्ने प्रवृति, ओली सरकारबाट बर्हिगमनसंगै क्याम्प परिर्वतनले राजनीतिक नैतिकतामा प्रशन खडा भएको छ । स्वयम एमाले ओली पक्षकै नेता कार्यकर्ताहरुले यस्तै टपरटुईया नेताहरुका कारण ओली बदनामको घर बनेको बताएका छन ।

अहिले पनि कतिपय ओलीकै कट्टार कार्यकर्ताहरुले काठ तस्करलाई वन मन्त्री दिएर ओलीले ठूलो भुल गरेर विगतमा काठ तस्करीको मुद्दा लागेकाले बाँच्ना लागि सरकार नजिक भएके आरोप लगाईरहेका छन । केही दिन अघि आले मन्त्री माग्दै देउवा कहाँ पुगेको खबर आएपछि उनले बिरामी भएको बहाना गरेका थिए । ओली समुहले वर्तमान सरकारलाई सर्मथन नगर्ने निर्णय गरेपनि ओली समुहकै संसद भित्रबाट बिद्रोह भएर देउवालाई मत दिएसंगै ओलीभित्रको वितण्डा रहेको खुलेको छ । एमाले बरिष्ठ नेता नेपाल सहित २२संसदले देउवालाई विश्वासको मत दिएका छन ।







