कञ्चनपुर : दोधारा चाँदनी स्थित सृजनशिल बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना ग्राहकहरुले बचत गरेका सावाँ व्याज दिन नसक्दा बचत कर्तामा मानसिक तनाव बढेको छ । दुःखको बेला काम लाग्ला भनेर जम्मा गरेको बचत अहिले आफुले चाहेको बेला नपाउदा मानसिक तनाव झेल्नु परेको बताउछन् ।

कोभिड –१९को यस्तो विषम परिस्थितीमा सबै तिरबाट रोजगारी गएको र आम्दानीको बाटो पनि बन्द भएको बेला आफैले जम्मा गरेका पुँजी नपाउदा बचत कर्ता आर्कोसित हुनको साथै रकम उपलब्ध गराई दिनको लागि विभिन्न निकाय धाउन थालेका छन् ।

२०६४ सालमा स्थापित बहुउद्देश्यीय सहकारी २०७४ असार ५ गते बाट विभिन्न कारण देखाई बन्द भएको छ । आफ्नो बचत रकम माँग्दा सहकारीको तर्फबाट कहिले दशैंमा, कहिले दिपावलीमा दिन्छु भनेर आफुहरुलाई झुक्याउदै आएको पिडितहरुले बताए । आफ्नो बचत रकम फिर्ता गराई दिन प्रहरी कार्यालय दोधारा चाँदनीमा पनि निवेदन दिएको तर कुनै सुनवाई नभएको उनीहरुको गुनासो छ ।

सो विषयमा सहकारीका अध्यक्ष वकिल बस्नेत भन्नु हुन्छ हामीले पंैसा खाएका छैनौं, अहिले हिसाब गर्ने लेखापाल पनि टाढा गएका छन् उक्त रकम सहकारीले लगानी लगाएको छ लगानी उठेपछि सबैको बचत चुक्ता गर्ने बताए ।






