कंञ्चनपुर : स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत आज मागमा आधारित साम्रगीहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बेदकोट नगरपालिका कार्यालयको प्रा¨गणमा भएको कार्यक्रममा वेदकोट नगरपालिकामा रहेका १६ जना उद्यमीहरुलाई वेदकोट नगरपालिका नगरप्रमुख असोक कुमार चन्द,उपप्रमुख शुशिला सिह,युएनडिपी सुदुरपश्चिम प्रदेशका प्रमख बैजन्ती सिह,स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा तथा प्रमुख प्रसासकिय अधिकृत पदमराज भटटले सयुक्त रुपमा उद्यमीहरु लाई औजार लगायतका सामग्रीहरु ह्स्तान्तरण गनुभएको छ ।

आज भएको कार्यक्रममा नगरप्रमुख असोक चन्दले कोरोनाको माहाकारीबाट बञ्चितीकरणमा परेका अती बिपन्न समुदायका कोरोना पिडित,दलित,एकल महिला,महिला,जनजाती,अपाङ्घता भएका १८ जना ब्यक्तिहरुलाई उनीहरुको मागको आधारमा उनीहरुलाई चाहिने सबै अति आवश्यक सामग्रीहरु दिईएको हो र यसले उनीहरुको आर्थिक अवस्था मजबुत हुने कुरा राख्न’भएको छ । कार्यक्रममा बिशिष्ट अतिथि बैजन्ती सिहले कोरोनाका कारण मारमा परेका अती बिपन्न समुदाययका ब्यक्तिहरुलाई रोजगारी स’निश्चताका लागी सामग्रीहरुमा सहयोग गरिएको कुरा राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले मागमा आधारमा नगरपालिका र वडा सग समन्वय गरी समुदायमा गरीखाने सम’दायका ब्यक्तिहरुलाई समान दिईएको र उनीहरु केरोनाबाट रोजगारी गुमाई घरमै बसेका अती बिपन्न समुदायका ब्यक्तिहरुलाई उनीहरुको माग बमोजिमको समान दिईएको कुरा ब्यक्त गनभएको छ ।

१८ जना किसानहरुलाई आधुनिकीकरणमा लैजानका लागी ४ जनालाई आरनमा सहयोग गरिएको छ । उनीहरुलाई आवश्यक औजारहरु ग्रडिङ्घ मसिन,ड्रिलिङ्घ मसिन,पंखा,हतौडी,कटर,,अचानो,बिलेट,सनासो,छिना,फलाम काटने कैची,रेती लगायतका साम्रगीहरु दिईएको छ भने सिलाईकटाईका लागी ५ जनालाई सहयोग गरिएको छ जसमा सिलाई मसिन,ईन्टरलक मसिन,औजार बक्स,प्रेस,कैची,फिता लगायत समान दिईएको छ यसैगरी सस कम्पनीका लागी डि फ्रिज,खुद्रा पसलका लागी फ्रिज,ग्यास चुलो,कितली,कप,कुकर फर्निचर लगायतका समानहरु दिइएको छ भने ग्यारेजका लागी हावा भर्ने मसिन,मसला उद्योगका लागी जातो,फर्निचर,रेख लगायत समानहरु दिईएको छ भने ब्राखा तथा तरकारी खेतीका लागी समेत सहयोग गरिएको जानकारी कार्यक्रम सयोजक अमित सुनारले जानकारी गराएका छन ।

यो कार्यक्रममा एकजनाले आफनो ब्यवसाय संचालनका लागी चाहिने अति आवश्यक औजाहरु किसानहरुले पाएको कुरा कृर्षि अधिकृत ललित पाण्डेयले जानकारी दिएका छन । वेदकोट नगरपालिका कार्यालय र युएनडिपीको सहयोग तथा स्वीट नेपाल कंञ्चनपुरद्धारा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना बेदकोट नगरपालिकामा संचालनमा रहेको छ यसले बेदकोट नगरपालिकामा ४ भन्दा बढी किसानहरु लाई प्रत्यक्ष रुपमा रोजगार युक्त बनाएको थियो । यस आर्थिक बर्षमा पनि परियोजनाले यसलाई निरन्तरता दिएको छ । समान हस्तान्तरण कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा र प्रमुख अतिथि बेदकोट नपाका नगरप्रमुख असोक चन्द थिए भने बिशिष्ट अतिथिमा उपमेयर शुशिला सिह तथा युएनडिपीका धनगडीका प्रमुख बैजन्ती सिह थिए ।






