दोधारा : महाकाली नदीमा डुबेर दोधारा चाँदनीका एक बालिकाको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ सुर्खेती टोल निवासी वर्ष अन्ताजी ४ का सम्झना सुनारको आज अपरान्ह महाकाली नदीमा डुबेर ज्यान गएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले जानकारी दिएका छन् । महाकाली नदी नजिक खेल्दै जाँदा बालिका नदीमा डुबेको बताईएको छ् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियहरुले, बालिका डुबेको स्थान देखि झण्डै २ किलोमिटर तल नदीको पश्चिम/दक्षिण दिशा तर्फ शव फेला पारेका थिए । नदीमा डुबेर ज्यान गएको बालिकाको शवलाई दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको लागी ल्याईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले बताएका छन् ।







