महेन्द्रनगरमा ओली पक्षीय युवा–विद्यार्थीद्वारा सर्वोच्चको फैसला बिरुद्धमा प्रर्दशन प्रधानन्यायधिशको पुत्ला दहन

पुष्कर भट्ट /कञ्चनपुर : नेकपा एमाले ओली पक्षीय युवा संघ र विद्यार्थीले सर्वोच्च आदालको फैसला बिरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा समेत बिरोध प्रर्दशन गरेका छन । मंगलबार साँझ सर्वोच्च आदालतको फैसला बिरुद्धमा बिरोध प्रर्दशन गरिएको हो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य कमल रोकायाले आदालतले जनमतको उपेक्षा गरेर ससदबाट प्रधानमन्त्री चयन हुनुपर्ने भएपनि सिधै आदालतमा भएकाले गैर सम्वैधानिक कदम बिरुद्धमा आन्दोलन गरिएको बताए । मदनचोकदेखि शुरु भएको आन्दोलन जिल्ला आदालत पुग्ने क्रममा विचबाटैमा प्रधानन्यायाधिशको पुत्लादहन गर्दा दोहोरो मुडभेड भएको थियो ।

पुत्लादहनका क्रममा एक प्रहरी सहित केही प्रर्दशनकारी घाईते भएका छन । पुर्व विद्यार्थी नेता महेश पन्तले संविधान रक्षाका लागि अनेरास्ववियू र युवा संघले जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिए । युवा संघका केन्द्रीय सचिव मिलन सिहले असम्वैधानिक कदम बिरुद्धमा देशभरी आन्दोलन गर्ने चेतावनी दिए ।

ताजा समाचार

spot_img