नेपाली भएकै भरमा भारतिय प्रहरीले गाडिको चालान काटे


दोधरा : दोधरा चादनी नगरपालिकाका वडा न.९ का बिर बहादुर रावत मेलाघाट खटिमा सडकखण्ड अन्तर्गत बाईसपुलमा भारतिय प्रहरीले चलान काटेको छ । रावत आफ्नो दाजुको उपचार सकेर खटिमा बाट घर आउदा भारतिय १०० रुपिया को चलान मार्फत जरिवाना तिरेर घर फर्किएका छन । रावत घटना बारे भन्छन “भारतिय मान्छे कसैलाई पनी रोकेन मलाई मात्रै रोकेर कागज नहेरी मेरो चालान काट्यो ।
चेकिङमा बसेका पुलिसले चालान काटदै भन्न थाले यो पैसा तिर हैन भने गाडी सिज गरिदिन्छु, बिर बहादुर जवाफमा भन्छन “मेरे पास गाडिके सभी कागज है, मैने मास्क भी लगाया है और हेल्मेट भी लगारख्खा है तो चालान किस बातका” तब भारतिय प्रहरीको जवाफ ठाडो र धम्की पुर्ण जवाफ “तु नेपाली है ईसलिए देना पडेगा नहितो गाडी सिज करदुङ्गा” । आफ्नो केही सिप चलेपछी रावत गाडी सिज हुने डरले १०० रुपिया तिरेर घर फर्किन बाध्य हुन्छन ।
यस्तो घटना बिर बहादुर रावत संग यो तेस्रो पटक भएकाले उनी आफुले भोगेको पिडाको केही सामाधान खोज्न मिडियामा आएका हुन । उहाले भनेको र भोगेको पिडा एउटा प्रतिनिधी मुलक घटना मात्रै हो यो भन्दा पहिले पनी यस्ता थुप्रै घटना घटेने गरेका छन ।तर सिमामा दुई देशको मिटिङ हुदा यस्ता समस्या नेपाली सुरक्षा निकायले विरलै राख्ने गरेको पाईन्छ ।

ताजा समाचार

spot_img