राधा माधव समितिमहेन्द्रगरको कार्यसमिति सर्वसम्मत चयन


महेन्द्रनगर : भीमदत्तनगरपालिका–४ गोवरैया स्थीत राधाकृष्ण मन्दिरको राधा माधव समिति महेन्द्रगरको कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । शनिबार राधा कृष्ण मन्दिरमा हर्क बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको समितिको साधारण सभाले हर्क बहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता साँउद, सचिवमा हरिशरण भट्ट, सह–सचिवमा महेन्द्र खड्का, कोषाध्यक्ष पदम बहादुर चन्द चयन भएका छन । सदस्यहरुमा जयन्ती जोशी, हेमा पन्त (भट्ट), राम दत्त जोशी, खडक बहादुर चन्द, बम बहादुर रेग्मी र लक्ष्मी प्रसाद भट्ट सर्वसम्मत चयन भएको सदस्य लक्ष्मी प्रसाद भट्टले बताए ।

No description available.

समितिका अध्यक्ष हर्क बहादुर चन्दले आफ्नो कार्यकालमा तटबन्ध निर्माण, साधक निवास माथिल्लो तलाको निर्माण, गेट निर्माण, मञ्च निर्माण , साधना र प्रबचन सञ्चालन जस्ता प्रगती भएको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चन्दले आगामी कार्यहरुको रपरेखाको बारेमा समेत उल्लेख गरेका थिए । सभामा आर्थिक प्रतिबेदन सचिव हरिशरण भट्टले प्रस्तुत गरेका थिए । साधारण सभामा समितिका सचिव भट्टले स्वागत मन्तव्य राख्दै साधकहरुको सेवा र साधनाको महत्वपूर्ण योगदानबाट साधन भवन लगायत मन्दिरको रचनात्मक कार्यमा दिन दिुना रात चौगुना सुधार भईरहेको बताए ।

No description available.

पुनः सचिवमा चयन भएका भट्टले प्रतिक्रिया दिदै निष्काम सेवा भावना र सकारात्म सोचबाट मन्दिरको विकासमा लागि पर्ने बताए । पुनः उपाध्यक्षमा सर्वसम्मत चयन भएका सीता साउदले साधकहरुको परम लक्ष्य भनेको भगवत प्राप्ती भएकाले निष्काम सेवा र साधनामा जोड दिदै मन्दिरमा रचनात्म क्रिायाकलापमा आफु सधै सक्रिय रहने बताए ।


ताजा समाचार

spot_img