कञ्चनपुर : नेपाल आयल निगमले पटक पटक गरि जनताको ढाडसेक्ने गरि पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध नेवि संघले बिरोध प्रर्दशन गरेको छ । नेवि संघ कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेको हो । नेवि संघ कञ्चनपुरका नेता राजेश पन्तले सरकारले जनतालाई मारमा पारेको भन्दै मुल्य बृद्धिको बिरोध गरिएको बताए ।

उनले महेन्द्रनगर बजार क्षेत्रमा बिरोध गर्दै बृद्धि गरिएको मुल्य फिर्ता लिन माग गरेर बृद्धि गरिएको म्ुल्य फिर्ता नलिए आन्दोलनको चेतावनी दिए । नेवि संघ कञ्चनपुरका नेता नागेश पन्तले सरकार जनताप्रति उत्तरदायी नहुँदाको परिमाण भोक्नु परेको बताउदै महामारीबाट थलिएका बेला जनताको टाउको भारमाथि भार थपिएको बताए ।







