लागु औषध सहित दुई युवक पक्राउ


कञ्चनपुर: प्रहरीले महेन्द्रनगरबाट दुई युवक सहित पक्राउ गरेको छ । आइतबार भीमदत्त नगरपालिका ६ ऐठपुर क्षेत्रबाट दुई युवक पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार म२प९८६६ नम्बरको मोटरसाईकलमा सवार भीमदत्त नगरपालिका -९ ब्रम्हदेबका २० बर्षिया मोहन पन्त र भीमदत्त नगरपालिका ६ ऐठपुरका राम साउदलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २३.२५ ब्राउन सुगर सहित बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार

spot_img