कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर र बेखकोट नगरपालिकामा रहेका दुई सामुदायिक वनमा तारजाली (मेसवायर) लगाईएको छ । कृष्णपुर नगरपालिका ८ रैकवारविचुवामा रहेको बिरेन्द्र सामुदायिक वनमा र बेदकोट नगरपालिका ७ मुुसेपानीको गणेश सामुदायिक वनमा तारजाली (मेसवायर) गरिएको हो । बिरेन्द्र सामुदायिक वनका उपभोक्ता समितिका उपाध्यक्ष मिन बहादुर विष्टले पिपरैयाको सिता सामुदायिक वनको सीमा क्षेत्रदेखि रतासीम्म २किलोमिटर मेसवायर गरेको बताए ।

उनका अनुसार उभोक्ता समिति मार्फत सामुदायिक वन क्षेत्रमा मेयवायर गरिएको हो । बिरेन्द्र सामुदायिक वनका अध्यक्ष एव मेसवायर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले २०लाख प्रदेश सरकार र २लाख ५३ हजार श्रमदान सहित निर्माण कार्य गरिएको बताए । ‘हामीलाई ८सय ३०मिटर मेयरवायर गर्ने स्टमेट थियो, ‘उनले भने, ‘हामीले उपभोक्ता सहित खटिएर २किलोमिटर तारजाली लगाएका छौँ ।’ तारजालीबाट वन संरक्षण हुने उनको भनाई छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय बिक्रम मानन्धले सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन तथा वातावरण मन्त्रालयबाट आएको बजेटबाट दुवै सामुदायिक वन सहित भीमदत्त नगरपालिका क्षेत्रको १५ र १८मा वेसवायर गरिएको बताए ।

वन सरक्षण सहित मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण उदेश्यका साथ सामुदायिक वनमा तारजाली निर्माण गरिएको बताए । ‘मुख्य वन, वन्यजन्तु सरक्षण मुख्य हो, ‘उनले भने, ‘पछिल्ला दिनहरुमा जनावर गाँउ पसेर अन्नवाली र मानवमाथि अतिक्रमण गर्न थाले ।’ तारजालीबाट एकातिर वन्यजन्तु वन संरक्षण र अर्कातिर किसानलाई राहत हुने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख मानन्धले वन सरक्षणमा योगदान पुग्ने बताए ।







