कञ्चनपुर : यस अनलाईन सहित विभिन्न संचार माध्यममा भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष ध्वज बहादुर विष्टले प्रहरी कार्यालयमा माफि मागेको समाचार प्रकासितप्रति वडाध्यक्षले खण्डन गरेका छन । वडाध्यक्ष विष्टले उक्त समाचार सत्य नभएकोले आफुले प्रहरी कार्यालयमा माफि नै नमागेको विषय प्रकासित भएकोप्रति आपत्ति जनाउँदै माफि नमागेको बताए । राज्यको चौथो अंगबाटै विषय बङग्याएर प्रकासित प्रति उनले घोर आपत्ति जनाउँदै समाचार सत्य नभएको भन्दै दावि गरे ।

भीमदत्त नगरपालिका ८ का स्थानीय बलराम एसकेले पूर्वाधार विकास कार्यक्रम अन्तरगत पशुपति टोल र कृष्ण टोलमा सिँचाईका लागि भल्ब सहितका पाईपलाईन विस्तार बारे फोटो सहित स्टाटस राखेर पुर्व राज्यमन्त्री प्रकास रावललाई धन्यवाद दिएपछि वडाध्यक्ष विष्टले खातेहरुको काम यस्तै हो भनि कमेन्ट गरेसंगै उपभोक्ता समितिले वडाध्यक्ष बिरुद्धमा उजुरी दिएको थियो । उक्त उजुरी उपर जिल्ला प्रहरी कार्यालमा छलफल भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले दुवै पक्षविच आ–आफ्ना कमिकमजोरी सच्याएर जाने र आगामी दिनमा विवाद नगर्ने सहमती भएको बताए । दुवै पक्षविच मिलापत्र भएर गाँउको विकासका लागि समन्वय गर्ने सहमती भएको बताए । वडाध्यक्षले भने उक्त स्टाटस व्यक्ति विषेश कुनै नागरिकलाई नभए प्रवृति बिरुद्धमा लेखिएको बताउँदै आएका छन ।







