भारतीय पक्षबाट अवरोध गरिएका कञ्चनपुर सीमावर्ती क्षेत्रका विकास कार्य अघि बढाउन अन्र्तराष्ट्रिय सीमा सरोकार समुहको माग


सित्तल भट्ट/कञ्चनपुर : मातृभूमि रक्षार्थ राष्ट्रियताका विषयमा पहरेदार भूमिका निर्वाह गर्दै आएको अन्र्तराष्ट्रिय सीमा सरोकार समुहले भारतीय पक्षबाट बिना कारण अवरोध गरिएका कञ्चनपुरका सीमावर्ती क्षेत्रका विकास निर्माण काम अघि बढाउन माग अघि सारिएको छ । बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक सडक सहित, ब्रम्हदेब लगायतका क्षेत्रका भईरहेको विकास निर्माण कार्य एव सीमावर्ती नेपाली किसानलाई खेती लगाउनबाट हस्तक्षेप गर्दै आएको भारतीय पक्षको कार्यप्रति भत्र्सना गर्दै सरोकार समुहले अवरोध गरिएका काम पुन शुचारुको माग अघि सारेको हो ।

शनिबार बेलौरीमा अन्र्तराष्ट्रिय सीमा सरोकार समुहले भारतीय पक्षबाट अवरोध गरिएको कञ्चनपुरको विकास निर्माण एव हस्तक्षेप रोक्नका लागि जिल्लादेखि केन्द्रसम्म डेलिगेशनमा गएको कामप्रगति बारे छलफल गर्र्दै कञ्चनपुर सहित अन्य देशको सीमा हस्तक्षेप बिरुद्धमा अन्र्तराष्ट्रिय सीमा सरोकार समुहको चासो दिदै मातृभूमि हस्तक्षेप बिरुद्ध संघर्ष गर्ने जनाएको छ । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले सीमा विवाद हल गर्नका लागि सरकारले आश्वासन दिएको बताउदै उनले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक सहितका योजनाको कामकाज शुरुवातका लागि सरकारले भारतसंग पहल गरेर अघि बढन्ुपर्ने विषयमा छलफल भएको बताए ।

छलफलबाट नेपाल भारतविच निर्माणका भएका सीमा नक्सा सार्वजनिक हुुनपर्ने, भारतीय पक्षबाट नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले सीमा विवाद टुङ्गो नलाग्दासम्म नेपाल तथा भारतीय पक्षले उपभोग गर्दै आएको क्षेत्र उपभोगमा भारतीय पक्षबाट अवरोध हुँदा कार्यान्वयन गर्नुपर्नेमा जोडदिएको छ । भारतीय पक्षबाट बढ्दै गएको सीमा हस्तक्षेप बिरुद्धमा सरकारले कुटनीतिक पहल मार्फत समाधान गर्नुपर्नेमा सरोकार समुहको जोडदिदै आएको छ ।


ताजा समाचार

spot_img