मोबाईल लुटेरा र एटीम तोडफोड गर्ने कञ्चनपुर प्रहरीको फन्दामा


कञ्चनपुर : रौटेला मन्दिर घुम्न गएका एक दम्पत्तीको मोबाईल लुटेर फरार रहेका गौजीका भरत धामी र भरत हमाललाई असार १० गते पक्राउ गरेको छ। दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आसार ९ गते भि.न.पा.०६ का सुनिता सिंह र श्रीमान लक्ष्मण सिंह बेलुका साझ ५:३० बजेतिर रौटेला घुम्न गएका बेला उहाहरु बाट मोबाईल लुटपाट गरी फरार भएका थिए ।मौखिक सुचना प्राप्त हुना साथ कञ्चनपुर प्रहरी कार्यालयबाट सादा पोशाकमा खटीएका प्रहरी टोलिले लुटेराहरूलाई पक्रिएको हो ।

त्यसै गरी असार ०९ गते राती अन्दाजी २०ः ३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ०४ बजार स्थित गल्ली नं. ५ मा रहेर्को एन.आइ.सी. एशिया बैंकको एटिम मेसिनमा तोडफोड गर्ने बेतकोट नगरपालिकाका बर्ष १९ को नरेन्द्र सिंह ठकुल्लालाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ । सीसीटिभी क्यामराको फुटेजको आधारमा पक्रिन सफल भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ ।


ताजा समाचार

spot_img