भारतीय पक्षबाट अवरोध कञ्चनपुरको हुलाकी सडक बारे सरकारले भारत पक्षलाई कुटनीतिक नोट पठाउने


कञ्चनपुर: पटक पटक भारतीय पक्षले कञ्चनपुरमा निर्माणधिन हुलाकी सडक अवरोध गर्दै आएको छ । यस बर्षपनि भारतीय पक्षले महामारीकै विचमा बेलौरी नगरपालिका ८ पचुई स्थित निर्माणाधिन हुलाकी सडक अवरोध गरेको हो । भारतीय पक्ष सीमा सुरक्षा बल(एसएसपी) मार्फत सो क्षेत्र सहित कञ्चनपुरका अन्य क्षेत्रमा समेत अनावश्यक विवाद झिक्दै अवरोध गर्दै आएपछि नागरिक स्तरबाट बिरोध भईरहेको छ । नेपाली भूमिमै बन्न लागेको राष्ट्रिय गौरबको आयोजना हुलाकी सडकमा अवरोध गरेको भन्दै शुरुवाती चरणदेखि नागरिक स्तरबाट पहल गर्दै आएको अन्र्तराष्ट्रिय सीमा सरोकार समुहले संघ सरकारकामन्त्रीसंग भेटघाट गर्र्दै सडक शुचारुको माग अघि सारेका छन । अन्र्तराष्ट्रिय सीमा सरोकार समुहले परराष्ट्रमन्त्री रघुबिर महासेठ, परराष्ट्रमन्त्रालयका अधिकारी, नापी विभागका अधिकारी, गृह मन्त्रालयका अधिकारीसंग भेटवार्ता गरेर तत्तकाल हुलाकी सडकको कालोपत्रेको काम अघि बढाईदिन अनुरोध गरेका छन ।

अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले भारतीय पक्षले बिना कारण अवरोध गर्दै आएको सडक शुरुचारुका लागि सरकारले भारतीय पक्षलाई कुटनीतिक नोट पठाउने बताए । ‘हामीले अघि सारेको मागमा सरकार सकारात्मक छ, ‘उनले भने, ‘अबको १०दिन भित्रमा भारतीय पक्षले कञ्चनपुरमा अवरोध गरेको हुलाकी सडक बारे पहल गर्ने आवश्वासन सहित प्रतिबद्धता आएको छ ।’ संयोजक भट्टले भारतीय पक्षबाट झिकिएको विवाद समाधानका लागि संघ सरकार तयार भएकाले सरकारले पहल गर्ने बताए । कञ्चनपुरमा भारतीय पक्षबाट सीमा अतिक्रमण, विकास निर्माणमा अवरोध बारे कुटनीतिक ढङगबाट पहल गर्नुपर्ने संयोजक भट्टको भनाई छ । सीमा क्षेत्रमा हुने रातदिनको किचलो समाधानका गर्न दुवै देशका सरकार अग्रसर भए विवाद समाधान हुने उनले बताए ।


ताजा समाचार

spot_img