कञ्चनपुर: चोरी मुद्धाका फरार युवक पाँच वर्ष पछि पक्राउ परेका छन् । भीमदत्तनगरपालिका–१८ बस्ने गोबिन्द पन्तलाई कञ्चनपुर जिल्ला अदालतले २०७३ कार्तिक ३० गते चोरी मुद्धामा ४ लाख १२ हजार ९सय जरिवाना तोकेको थियो । पन्तले जरिवाना तिर्नुको साटो फरार भएका थिए ।

निज पन्तलाई असार ८ गते घरमै लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको थियो ।

कञ्चनपुर जिल्ला अदालतले पन्तलाई जरिवाना बाफतको ३ वर्ष ९ महीना ११ दिनका कारागार बस्नु पर्ने सजाय तोकेको छ । भने निज पन्तलाई आजै कञ्चनपुर कारागार पठाइएको प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।







