रमेश धामी / डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिका ८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको बीभत्स हत्या गरेको अवस्थामा लास भेटिएको छ । गत असार २ गते आधारभुत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिता बिच बाटोमा पर्ने हट्वानी सामुदायिक बनमा हराएकी थिइन ।

घरपरिवार तथा स्थानियले खोज खबर गर्दा आज असार ५ गते हत्या गरेको अवस्थामा स्वास्थ्य सामाग्री सहित सव फेला परेको हो । पैदलबाटोबाट करिब ६0 मिटरको दुरिमा ४ दिन पछि आज सव फेला परेको हो । उक्त घटनाको जिला प्रहरी कार्यालय डडेल्धुराको टोलिले अनुसन्धान गरिरहेको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान अनुसार अस्मिताको मुख तथा टाउकोमा गम्भीर चोट लागेको छ भने बलात्कार नगरिएको बुझिएको छ । अस्मिता सङ्ग भएको मोबाईल भने भेटिएको छैन ।







