कञ्चनपुर : कोरोना कहरको दोस्रो चरण शुरु भएर कोभिड–१९का विरामीहरु बढदै गए पछि, बन्छ गरिएको ओपिडि सेवा आइतबार बाट पुन: सञ्चालनमा आउने भएको छ ।

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा कोभिड –१९ का कारण लामो समय देखि बन्द भएका ओ.पि.डि सेवा २०७८ आसार ६ गते आइताबार देखि प्रति व्यत्ति २० जनाका दरले संचालनमा ल्याउने भएको छ ।

हाल कोभिड-१९ को अवस्था पहिले भन्दा केही सामान्य अवस्थामा आएकोले सामाजिक दुरी कायम गरी ओ.पि.डि सेवा सञ्चालन हुन लागेको निमित मे.सु हरी कुमार श्रेष्ठले जानकारी दिनुभयो ।







