कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना दिवसको अवसरमा काँग्रेस निकट नेवि संघले दिप प्रज्वलन गरेको छ । नेवि संघ कञ्चनपुरका नेता लोचन कार्कीले विश्वविद्यालयको स्थापना दिवसमा दिप प्रज्वलन गरेको बताए ।

नेता कार्कीले ११औँ स्थापना दिवसमा केन्दीय क्याम्पसमा दिप प्रज्वलन गरिएको बताए । कार्यक्रममा प्राध्यापक, विद्यार्थी सहित सहभागि रहेका थिए ।







