कञ्चनपुर : सुदूरपश्चिम प्रदेश प्रहरी अन्र्तरगत नेपाल प्रहरीको प्रदेश अनुसन्धान ब्यूराको टोलीले कञ्चनपुरको बेलौरीबाट ठूलो परिमाणमा भारत तस्करी हुन लागेको केराउ बरामद गरेको छ । बिहीबार बिहानै बेलौरी नगरपालिका २ थापा चोक क्षेत्रबाट ट्राली जोडेर भारत तस्करी हुन लागेको केराउ बरामद गरेको हो । बरामद गरिएको अवैध केराउ क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले ईलाका प्रहरी कार्यालय बेलौरीलाई बुझायो । बिहान बरामद गरिएको समान दिनभर ईप्रका बेलौरीमा थन्क्याईएको थियो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उमा प्रशाद चर्तुर्बेदीले बेलौरी प्रहरी इन्चार्ज कमल कुमार खडकालाई जसरी भएपनि अवैध समान भन्सार चलान गर्न निर्देशन दिएसंगै बेलौरी प्रहरीले उक्त समान भन्सार चलान गर्न तयार भएको प्रहरी स्रोतले जनाएको छ ।

उक्त ठूलो समान ठूला तस्कर समुहको भएकाले बेलौरी प्रहरीमाथि बार्किनिङ्गको आरोप छ । बिहान समातेको अवैध समान कतै बैद्य बनाउन बिलबिजक मगाउन लागेको भन्दै बेलौरीका केही व्यवसायीले आशंका गरिएका बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चर्तुर्वेदीले जतीसुकै शक्तिशाली जसको समान भएपनि बरामद भएको अवैध समान तुरुन्तै भन्सार चलाउन गर्नुपर्ने निर्देशन दिएको प्रहरी स्रोतको भनाई छ । प्रहरी स्रोतका अनुसार एसपी चर्तुर्वेदीको उच्च ईमान्दारिता, असल राष्ट्रसेवक भएका कारण बेलौरी प्रहरीले बार्किनिङ्ग गर्न नपाएको बताए । स्रोतका अनुसार बेलौरी प्रहरीले तस्कर समुहसंग बिल ल्याउन केही समय दिएको थियो । तर, इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले राष्ट्रसेवक माथि कुनै आशंकका गर्न नहुने तर्क राखे । बिहान बरामद भएको अवैध समान साँझसम्म पनि किन प्रहरीले भन्सार नबुझाएको प्रशनमा उनले कारण बताउनुको साटो तपाईको नियत नै ठिक नभएको आक्र्रोस पोखे । उनले पनि समान भन्सार चलान गर्ने बताए । प्रहरी प्रहरीका एसपी प्रवक्ता एसपी योगेन्द्र थापा प्रदेश अनुसन्धान ब्यूरोले अवैध समान समातेर कार्बाहीका लागि सम्बन्धीत प्रहरीलाई बुझाउने बताए ।

‘हामीले अवैध समान समातेर बेलौरी प्रहरीलाई बुझाएका छौँ, ‘उनले भने, ‘समान बारे थप अनुसन्धान गरेर बेलौरी प्रहरीले भन्सार बझाउँछ ।’ केराउ बरामद गर्ने क्षेत्रीय अनुसन्धान ब्यूरोको टिमले केराउ काण्डमै कारण प्रहरीले गत बर्ष कैलालीमा ज्यान गुमाउनु परेको घटना कोट्याँदै अवैध समानमा अन्यथा बार्किनिङ्ग गर्न र कसैले छाड्न दवाव दिन नहुने तर्क राखेका छन । बेलौरीमा क्षेत्रमा प्रहरी हुँदाहुँदै धनगढी प्रदेशबाट नेपाल प्रहरीकै क्षेत्रीय अनुसन्धान टोलीले महामारीका बेला तस्करी नियन्त्रण गरिहेको बारे स्थानीयले बेलौरी प्रहरीमाथि प्रशन गरिरहेका छन ।







