ग्रामिण जनताको स्वाथ्य सेवाका लागि बेलौरी नगर ९ मा आधारभूत स्वास्थ्य केन्द्र संचालनमा


कञ्चनपुर : ग्रामिण भेगका जनताको स्वासथ्य सेवाका लागि कञ्चनपुरको बेलौरी नगरपालिका ९मा आधारभूत स्वास्थ्य केन्द्र संचालनमा आएको छ । बेलौरी नगरपालिकाले सबै वडाहरुमा आधारभूत स्वाथ्य सेवा विस्तारको योजना अनुरुप बेलौरी नगरपालिका ९ रतनपुरका सिद्धनाथ आधारभूत स्वास्थ्य केन्द्र संचालनमा आएको हो । बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चदले महामारीका बेला स्वास्थ्य केन्द्र संचालनमा आएसंगै नागरिकलाई स्वाथ्य सुविधा हुने बताए । चन्दाका अनुसार बुधबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले केन्द्रको उद्घाटन गरेका छन ।

No description available.

स्वाथ्य केन्द्रको उद्घाटन गर्दै मेयर चौधरीले नगरका सबै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने संविधानमै आधारभूत व्यवस्था अनुरुप नगरपालिकाले सबै वडाहरुमा स्वास्थ्य केन्द्र संचालनमा ल्याईरहेको बताए । ‘स्वास्थ्य नै मानिसको महत्वपूर्ण विषय र आवश्यकता पनि हो, ‘मेयर चौधरीले भने, ‘हामीले बढि भन्दा बढि नागरिक सुरक्षित बनाउने योजना अनुरुप केन्द्र विस्तारमा छौँ ।’ कोरोना महामारी नियन्त्रणका लागि समेत बेलौरी नगरपालिकाले थुप्रै प्रयासका बाबजुत नियन्त्रणउन्मुख भईरहेको मेयर चौधरीको दाविछ । बेलौरी नगरपालिका ९का वडाध्यक्ष समशेर सिह पेलाले वडाबाट अव गुणस्तरिय स्वाथ्य सेवा प्रदान गरिने बताउदै केन्द्र स्थापनासंगै स्थानीय नागरिकलाई स्वास्थ्य सुविधान हुनेछ । गाँउमै आधारभूत स्वास्थ्य केन्द्र स्थापनासगै नागरिक समेत हर्षित भएका छन ।

No description available.


ताजा समाचार

spot_img